प्रशिक्षकलाई नै प्रशिक्षण
झापा,
जापानको रोजगारीका साथै उच्च शिक्षा अध्ययनका लागि जाने विद्यार्थीलाई लक्ष्य गरी इक्यान झापाले एकदिने शिक्षक तालिम सम्पन्न गरेको छ ।
नेपालमा सयौंको संख्यामा जापानी भाषा सिकाउने तालिम केन्द्र खुलेको त्यसमा उचित र भरपर्दो शिक्षा प्रदान होस् भन्ने उद्धेश्यले झापामा रहेका कन्सल्टेन्सीहरुलाई जेसर्टसंग सहकार्य गरेर जापानीज भाषाको प्रशिक्षण प्रदान गरिएको इक्यान झापाका अध्यक्ष सुमन शर्मा जम्मरकट्टेलले जानकारी दिए ।
तालिम केन्द्रले राम्रोसँग भाषा सिकाउन र भविष्यमा कुनै समस्या नआओस् भनेर आफैंले शिक्षकहरुलाई भाषाको प्रशिक्षण प्रदान गरिएको जनाइएको छ । प्रशिक्षण कार्यक्रममा जेसर्टका प्रशिक्षक रामहरि दवाडी, महेश श्रेष्ठ, श्रीराम गिरी, मोहन खड्का, इक्यानका जापान डिपार्टका प्रमुख कर्ण गुरुङ लगायतले प्रशिक्षण दिएका थिए ।
इक्यान झापाका अध्यक्ष जम्मरकट्टेलको अध्यक्षतामा भएको कार्यक्रममा इक्यान पूर्वाञ्चल कोषध्यक्ष दिपक गौतम, लगायतले बोलेका थिए । इक्यान झापाका उपाध्यक्ष मिलन ओलीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव मदन बुढाथोकीले गरेका थिए । प्रशिक्षण कार्यक्रममा जिल्लाका २५ जनाबढी जापानीभाषाका शिक्षकहरुको सहभागिता रहेको थियो ।
