May 3, 2026

प्रेमिल शैलीको ‘हिजो जस्तो लाग्छ’ सार्वजनिक ( भिडियो )

0

नेपाली संगीत बजारमा कहिलेकाही सुनिन्छ आजकाल भिडियो रिलिज हुन्छन् तर गीत रिलिज हुदैनन्। भिडियो मात्रै प्राथमिकता पर्दा स्तरिय सिर्जनाहरु कम भएको यथार्थ नै हो । नाच्ने गीतको ट्रेन्ड चलेको बेला सुन्ने र बाच्ने गीत बजारमा कमै आएका छन्।

अमेरिकामा बसेर आफ्नो संगीत यात्रा अघि बढाउदै स्तरिय सिर्जनाहरु निरन्तर सार्वजनिक गरिरहेका गायक , गीतकार तथा संगीतकार दावा गुरुङले आफ्नो नयाँ गीत ‘हिजो जस्तो लाग्छ’को म्युजिक भिडियो सार्वजनिक गरेका छन्।

दावा गुरुङ र वानिका प्रधानको युगल स्वरमा रहेको यस कर्णप्रिय गीतमा शब्द , संगीत स्वयम् गायक दावा गुरुङको नै रहेको छ। यस गीतलाई रोमी बस्नेतले संगीत संयोजन गरेका हुन्।

प्रेमिल शैलीको यस गीतमा विवाहित जोडीको पहिलो डेटिङ र जिन्दगीका रमाइला पलहरुको स्मरण गरिएको छ। म्युजिक भिडियोमा नायक आकाश श्रेष्ठ र गरिमा शर्माको प्रेम र रोमान्स देख्न सकिन्छ। बुद्ध थापाले छायांकन गरेको यस भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन्। म्युजिक भिडियोलाई चर्चित भिडियो निर्देशक निकेश खड्काको निर्देशनमा तयार पारिएको हो।

२०५६ साल बाट आफ्नो संगीत यात्रा प्रारम्भ गरेका गायक गुरुङले हाल सम्म २ वटा स्टुडियो एल्वम र अन्य थुप्रै गीतहरु सार्वजनिक गरिसकेका छन्। २०६५ सालमा गायक गुरुङ ईमेज अवार्ड र हिट्स एफएम अवार्ड बाट समेत सम्मानित भैसकेका छन्।

भाइरल र ट्रेण्डिङ भन्दा पनि स्तरिय सिर्जनाहरु स्रोता दर्शक माझ प्रस्तुत गर्दै जाने गायक गुरुङले बताएका छन्। गायक गुरुङको च्यानल ‘सिङ्गर दावा गुरुङ अफिसिएल’ मार्फत भिडियो सार्वजनिक भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *