May 3, 2026

 

विष्णु निरौला आचार्य
हामी पनि स्कुल जान
पाए कस्तो हुन्थ्यो होला
सफा स्कुल ड्रेस लगाई
आहा११बोक्न पाए झोला
स्कुल जान्थ्यौँ साथी सङ्गी
खोल्थ्यौँ सबले मनका कुरा
पढी,लेखी खुशी साथ
गर्थ्यौँ आफ्ना काम पूरा
तर कठै१कहिले आउला
हामीले स्कुल जाने दिन
ड्रेस किन्ने पैसा छैन
बाको थाप्लो भरी ऋण
कस्ले किनी दिन्छ हाम्लाई
कापी,कलम,किताब ,झोला
स्कुल जान पाए हाम्रो
डोको विश्राम पाउँथ्यो होला
आमा ज्यादै दुस्खी हुन्छिन्
अरु स्कुल गाुको देख्दा
पल्लो घरको साहुकी छोरी
घर आई चित्र लेख्दा
सम्झँदी हुन् मन मनै
हाम्रा पनि छोरा छोरी
पढ्न ,लेख्न पाउँदा हुन् त
चित्र कोर्थे यसै गरी
तर आमा हामी गरीब
डोको ,नाम्लो हाम्रो साथी
पढ्ने,लेख्ने अवसर पाए
हामी पनि पुग्थ्यौँ माथि
राज्य भन्छ भोको,नाङ्गो
अब दुखी हुन्न कोहि
साक्षर नेपाल घोषणा भो
तर हाम्रो अधिकार खोइ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *