May 3, 2026

यहाँ सबै बेचिन्छ (कविता )

0

 

सुजना खतिवडा
यहाँ कृतिम अभावको सिर्जना गरेर कालोबजारमा माल बेचिन्छ।
युवापिडीका लागि दुव्र्यवसनका रूपमा नशालु काल बेचिन्छ।
यौन दुराचारीहरूबाट यहाँ निरीह आत्मा र आफ्नै खुन बेचिन्छ।
त्यति मात्र कहाँ हो र ?
यहाँ नियालेर हेर्ने हो भने दिउँसै नाङ्गा खेलहरूको किनमेल भेटीन्छ।
यहाँ आधा मुल्यमा योजनाका छड रड र सिमेन्ट बेचिन्छ।
अस्पतालका औषधी, कण्डमका पोका,मन्दिरका देवता सबै बेच्ने प्रथा
बाल अधिकार, पौस्टीक आहार,दैवीप्रकोपको राहत बाटैमा बेचिन्छ।
त्यति मात्र काहाँ हो र ?
यहाँ रातारात अघोषीत पसलहरूबाट जीउ मास्ने र बेच्ने काम गरिरहेको भेटिन्छ त्यसैले यहाँ सबैथोक बेचिन्छ।
जन्म बेचिन्छ,मृत्यु बेचिन्छ त्यतिले मात्र नपुगेर यहाँ सिधै गला नै रेटिन्छ।
बाबुले आमालाई बेचिन्छ,आमाले छोरा छोरीलाई बेचिन्छ
,काला कर्तुतका कोठीहरूमा आफ्नै सन्तान वेदनाले रोएको भेटिन्छ ।
यहाँ रोएर, भोगेर, देखेर मात्र के भो र ?
सबैको मन हरियो नोटमा नै देखिन्छ
त्यसैले यहाँ सबैले सबैलाई बेचिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *