April 30, 2026

क्वारेन्टिन सञ्चालन र व्यवस्थापनमा सेना

0

भद्रपुर ।

कोभिड–१९ को सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि झापाको कचनकबल गाउँपालिकामा नेपाली सेना परिचालन गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालयमा आज बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकले सबैभन्दा बढी कोरोना सङ्क्रमित भएको सो गाउँपालिकामा नेपाली सेना परिचालनको निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाको अध्यक्षतामा सम्पन्न सो बैठकको निर्णयको ३ नं बुँदा क्वारेन्टिनको सञ्चालन र व्यवस्थापन कार्यमा थप सहयोगका लागि नेपाली सेनाको अस्थायी पोस्ट तैनाथ गरिने उल्लेख छ । हाल सो गाउँपालिकामा १०३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *