May 3, 2026

पौड्यालद्धारा लकडाउनमा परदेशीको पीडा सार्वजनिक

0

झापा ।

झापाको बिर्तामोडका युवा ब्यवसायी एवम् गीतकार चुडामणि पौड्यालले नयाँ गीत सार्वजनिक गरेका छन् ।

विश्व कोरोना भाईरसको महामारीसंग लडिरहेका बेला परदेशमा रहेका नेपालीहरुको पीडालाई समेटेर पौड्यालले नयाँ गीत ‘परदेशी मायालु’सार्वजनिक गरेका हुन् ।

यतिबेला नेपाल लगायत विश्वका सबै देशहरु लकडाउनमा छन् । यहि अवस्थालाई मध्यनजर गर्दै नयाँ गीत बजारमा ल्याएको गीतकार तथा गायक पौड्यालले बताए । पौड्यालको शव्द,स्वर तथा सन्तोष शिवाको संगीतमा रहेको गीत बुधवार ‘सेल्फी टिभी’मार्फत सार्वजनिक गरीएको हो । यो गीतले स्वास्थ्य प्रति सचेत रहन सन्देश दिएको पौड्यालले बताए ।

गीतकार पौड्यालको ‘अट्टो रिक्सामा’लगायत दर्जनौ गीतहरु बजारमा छन् ।

https://www.youtube.com/watch?v=6rTPPZZEkeQ&feature=emb_title

Leave a Reply

Your email address will not be published. Required fields are marked *