May 3, 2026

लकडाउन पालना गराउँदा कुटिए प्रहरी

0

सर्लाही,

लकडाउन पालना गराउने क्रममा प्रहरीचौकी राजघाटका इञ्चार्ज बिकारु मण्डलमाथि हातपात भएको छ ।

लकडाउन उल्लंघन गरी जम्मा भएका युवालाई सम्झाइबुझाई गर्दा प्रहरी सहायक निरीक्षक मण्डलमाथि मङ्गलबार राति दुव्र्यवहार भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिनुभयो ।

मण्डललाई उपचारका लागि हरिवनको नमूना अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।सो घटनामा संलग्न रहेको आशंकामा तीन जनालाई इलाका प्रहरी कार्यालय बरहथवाको नियन्त्रणमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *