प्रकोप ब्यवस्थापन खातामा रकम जम्मा हुन सुरु
गणेश अर्याल / इलाम,

इलामको रोङ गाउपालिकामा कोभिड १९ को लागि राहत बितरण गर्न सहयोगी संघ संघ सस्थाहरुले सहयोग गरिरहेका छन् ।
यसरी सहयोग गर्नेहरुमा बित्तीय संघसस्था सगसगै सामाजिक संघ सस्था र सर्बसाधारण पनि रहेका छन् । हाल सम्म पाथीभरा बहुउद्देश्यीय सहकारी सस्थाले ३० हजार रुपैया, सिर्जना सामुदायिक बनले २५ हजार रुपैया नेपाल शिक्षक संघले २५ हजार रुपैया सहयोग गरिसकेका छन् ।
त्यसैगरी केही सर्बसाधारणले पनि सहयोग गरेको गाउपालिका आर्थिक बिकास समितिका सम्योजक एव वडानम्बर ३ का अध्यक्ष मात्रिका बरालले बताए । देबी निरौला भूजेल, अर्जुन नेपाल सरस्वती भट्टराइ लगायत सर्बसाधारणले पनि सहयोग गरिरहेका छन् ।
देश लकडाउनमा रहेको अवस्थामा दैनिक ज्याला गरीखाने सर्बसाधारणलाइ सहयोग गर्न गाउपालिकाले राहत कोष खडा गरेको हो ।सहयोग गर्न चाहनेले मेघा बैक हर्कटेमा रहेको रोङ गाउपालिका प्रकोप ब्यवस्थापन खाताको नाममा खोलिएको खाता खाता नम्बर १०७००१००११६०६ सहयोग गर्न सकिने छ ।
यसैबिच गाउपालिकालाइ केही जिन्सी सामाग्रीहरु पनि प्राप्त भएको गाउपालिकाले जनाएको छ । गाउपालिकालाइ साहारा नेपाल, बिर्तामोड, नेपाली काग्रेस रोङ लगायतका संघ सस्था र केही ब्यक्तिहरुले पनि सहयोग गरेको निमित्त प्रमुख प्रसासकीय अधिकृत नेत्रप्रसाद पोख्रेलले बताए ।
यसैबिच गाउपालिकाका बिभिन्न ६ वटै वडामा पहिलो चरणको राहत बितरण सम्पन्न भएको छ । गाउपालिकाका ४ सय ७४ परिवारलाई खाध्यन्न सहितको राहत बितरण गरेको छ । बिभिन्न वडाका १ हजार ६ सय ९५ जनालाइ राहत बितरण बितरण गरिएको हो ।
