अति बिपन्न बिद्यार्थीका परिवारलाई राहत वितरण
विर्तामोड ।
पूर्व विद्यार्थी समाज आदर्श विद्या मन्दिर घैलाडुब्बाले विद्यालयमा अध्ययनरत् अति बिपन्न बिद्यार्थीका परिवारलाई राहत वितरण गरेको छ ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणबाट बच्न सरकारले जारी गरेको लकडाउनका कारण दैनिक मजदुरी गरेर जीवनयापन गर्दै आएका अति बिपन्न बिद्यार्थीका ५० जना परिवारलाई राहत वितरण गरेको विद्यालयका प्रधानाध्यापक धर्मानन्द निरौलाले जानकारी दिए ।
पूर्व विद्यार्थी समाज आदर्श विद्या मन्दिर घैलाडुब्बाका अध्यक्ष प्रेमप्रसाद चम्लागाईं, सचिब रुद्रबहादुर बोहोरा, कोषाध्यक्ष ऋतुकला नेपाल निरौला , सदस्यहरु मनोरथ राजवंशी , चुडामणि राजवंशी , फणिन्द्र उप्रेती , यादव राजवंशी , भवानी प्रसाईं ,मञ्जु प्रधान, कमला न्यौपाने , राजु शिवाकोटी , किसोर बिस्ट, नबराज चम्लागाईं , डिल्ली चम्लागाईं , धनबहादुर केसी , रेखा केसी , कोकिला कटुवाल , संगीता पकवाल , बिमला न्यौपानेलगायतको टोलीले राहत वितरण गरेको हो ।
उनीहरुले प्रति परिवार १० केजी चामल , एक लिटर खानेतेल , एक के जी दाल , एक केजी नुन र एउटा लुगाधुने साबुन राहत स्वरुप वितरण गरेको सदस्य मनोरथ राजवंशीले जानकारी दिए ।
