कनकाईमा दम्पत्तिले आर्थिक सहयोग गरे
विर्तामोड ।
कोरोना भाइरसबाट उत्पन्न विपद् सामना गर्न कनकाई नगरपालिकामा स्थापना गरिएको विपद् व्यवस्थापन कोषका लागि कनकाई नगरपालिकाका एक दम्पत्तिले आर्थिक सहयोग गरेका छन् ।
कनकाई नगरपालिका १ का गोपीकृष्ण भट्टराई र सावित्रा दाहाल भट्टराईले उक्त कोषका लागि दश हजार पाँच सय रुपैयाँ प्रदान गरेका हुन् ।
उक्त रकम कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेललाई हस्तान्तरण गरेको सावित्रा दाहाल भट्टराईले जानकारी दिइन् ।
कोरोना भाइरसबाट उत्पन्न असहज परिस्थितीको सवैले मिलेर सामना गर्न जुट्नुपर्ने र त्यसका लागि सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको उनले वताइन् ।
सावित्रा नारी सञ्चार गृह झापाकी संस्थापक अध्यक्ष हुन् भने गोपीकृष्ण कनकाई माविका पूर्व प्रधानाध्यापक हुन् ।
