मेचीनगर नगरपालिकाकाे राहतकाेषमा एकैदिन साढे तीनलाख रूपैयाँ बढी जम्मा
काँकडभिट्टा,

मेचीनगर नगरपालिकाकाे राहतकाेषमा बुधवार एक्कै दिन साढे तीनलाख बढी रूपैयाँ रकम जम्मा भएकाे छ । धुलावारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले १ लाख १ हजार रूपैयाँ प्रदान गरेकाे छ ।

नगरपालिकाका प्रेस संयाेजक लक्ष्मी उप्रेतीका अनुसार संस्थाका अध्यक्ष अजय घिमेरेलगायतकाे टाेलीले हस्तानतरण गरेकाे रकम नगर प्रमुख विमल अाचार्य र उपप्रमुख मीना पाेखरेल उप्रेतीले ग्रहण गर्नु भएकाे थियाे ।

यसैगरी काेषमा शिक्षक महासंघले २ लाख ११ हजार ८ सय, एन प्याव्सनले ५२ हजार रूपैयाँ काेषमा जम्मा गरेकाे अार्थिक प्रशासन प्रमुख तथा खाद्य अधिकृत दीपेन्द्र कार्कीले बताउनुभयाे ।

काेषमा खाद्य सामाग्री समेत धमाधम जम्मा भईरहेकाे छ । मेची मासु उत्पादक तथा उपभोक्ता सहकारी संस्थाले ५ सय र पाउ पाथीभराले १ हजार केजी चामल प्रदान गरेकाे छ । काेषमा हालसम्म ९ लाख ९७ हजार ८ सय जम्मा भएकाे छ ।
