लकडाउनमा झापाका वनजंगलमा प्रवेश गर्नेलाई कारबाही
झापा ।
लकडाउनमा झापाका वनजंगलमा प्रवेश गर्ने व्यक्तिलाई जिल्ला डिभिजन वन कार्यालय झापाले कारबाही गर्ने भएको छ ।
लकडाउनको मौका छोपी जिल्ला वनहरूमा प्रवेश गरी आगो लगाउने, वन्यजन्तुको सिकार गर्ने र वन पैदावार काट्ने काम भइरहेको भन्दै वन कार्यालयले सूचना जारी गर्दै यस्तो वन ऐन अनुसार कारबाही गरिने जनाएको छ ।

