May 3, 2026

कक्षा ११ र १२ को परीक्षा अनिश्‍चितकाललाई स्थगित

0

काठमाडौं,

कोरोना भाइरसको संक्रमाणको उच्च जोखिम सँगसँगै नेपाल सरकारले लकडाउनको अवधि बढाएपछि राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ।

मंगलबार बसेको परीक्षा बोर्डको बैठकले वैशाख २१ गतेदेखि हुने भनिएको कक्षा ११ को परीक्षा र वैशाख ८ गतेदेखि हुने भनिएको कक्षा १२ को परीक्षा अर्को सूचना जारी नहुञ्जेलका लागि स्थगित गर्ने निर्णय गरेको छ।

‘विद्यार्थी र अभिभावकप्रति पर्न गएको असुविधाप्रति बोर्ड क्षमाप्रार्थी छ,’ बोर्डले मंगलबार निकालेको सूचनामा भनिएको छ, ‘विद्यार्थीले घरमै बसेर स्वअध्ययन तथा परीक्षाको तयारी गर्नुहोला।’ विद्यार्थी अभिभावकमा तथा सम्पूर्ण नागरिकहरुमा यस संक्रमणको महामारीबाट सुरक्षित रहन र साथै सामाजिक दुरी कायम गर्नि पनि सूचनामा उल्लेख गरिएको छ।

कोरोनाभाइरस संक्रमणको अवस्थामा सुधार भएर सामान्य अवस्था सिर्जना भएपछि परीक्षाको नयाँ तालिका प्रकाशित गरिने बोर्डले जानकारी दिएको छ। यसअघि सरकारले चैतमा हुने माध्यमिक शिक्षा परीक्षा एसईई, त्रिभुवन विश्वविद्यालयलगायत विश्वविद्यालयले लिने पूर्वनिर्धारित परीक्षा स्थगित गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *