May 3, 2026

डा.भट्टराईको कटाक्षः ‘भाइरस मार्ने बन्दुक र गोलीले हैन होला’

0

काठमाडौं ।

पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराईले सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि चाहिने मेडिकल सामग्री खरिदका जिम्मा नेपाली सेनालाई दिने खबर प्रति ट्वीट गर्दै ‘भाइरस मार्ने बन्दुक र गोलीले हैन होला’ भन्दै टिप्पणी गरेका छन् ।

बिहीबार राति ट्वीटरमा ट्वीट गर्दै उनले भनेका छन्, ‘भाइरस मार्ने बन्दुक र गोलीले हैन होला, अनि सरकारले किन चीनबाट स्वास्थ्यसामाग्री किन्न सेनालाई अघि सारेको होला रु’

हिजो मात्रै सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागि चाहिने स्वास्थ्य सामग्री ल्याउन जिम्म नेपाली सेनालाई दिएको र सेनाले खरिदको समन्वय गरेपनि खरिद प्रक्रिया जिटुजी हुने र सेनाले खरिदको समन्वय गरेकोमा अख्तियारको अधिकार क्षेत्र भित्र नपर्ने खबर सार्वजनिक भएको थियो ।

उनले ट्वीटमा अगाडी भनेका छन्–‘के वाणिज्य, आपूर्ति लगायतका निजामती निकाय छैनन् ? जीटूजी विधिबाट पहिल्यै किन नल्याएको ?,’ भन्दै के सेना अख्तियारको दायरामा पर्दैन भनेर हो रु चोरको खुट्टा काट् भन्दा किन खुट्टा तानेको ?’ भन्दै प्रश्न तेस्र्याएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *