May 3, 2026

ज्वरो र निमोनिया भएकी एक युवतीको भरतपुर अस्पतालमा मृत्यु, स्वाब परिक्षणको तयारी

0

चितवन ।

चितवनको भरतपुर अस्पतालमा ज्वरोसंगै निमोनिया भएर उपचाररत रहेकी एक महिलाको मृत्यु भएको छ ।

सिन्धुली हरिहरपुर गाँउपालिकाकी २६ वर्षीया उपा कुमारी राईको उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ । अस्पतालका अनुुसार बिरामी महिलालाई ज्वरो र निमोनियाकी भएको र हेटौडाबाट रिफर भएर चितवन आएकी थिइन् ।

गएराति १ बजे अस्पतालको आकस्मिक कक्षमा ल्याइएकी उनको आइसीयूमा उपचारको क्रममा मृत्यु भएको हो । सुचाना अधिकारी पौडेलले बताउनुभयो । उनको लक्षण कोरोनासँग मिल्दो जुल्दो भनिएपनि के कारणले मृत्यु भयो भन्ने अस्पतालले बताउन चाहेको छैन् ।

उनको स्वाब परीक्षण हुन भने बाँकी छ । मृतक राईको स्वाब परीक्षणका लागि निकाल्ने तयारी भइरहेको छ । मृतक राईलाई हेटौडा अस्पतालले भरतपुर रिफर गरेको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *