May 3, 2026

लकडाउनमा इँटा उद्योग सञ्चालित

0

इनरुवा,

सुनसरीको दुहबी नगरपालिका ९ मा रहेको जयबाबा इँटा उद्योग र गढी गाउँपालिका १ मा रहेको आनन्द इंँटा उद्योगले लकडाउन उल्लङ्घन गरेको छ ।

कोरोना भाइरसको त्रासका कारण लकडाउन गरिएको भएपनि दुहबी ९ र गढी १ मा रहेको इँटा उद्योगले हजार भारतीय मजदूर राखेर काम गराइरहेको छ ।

इँटाभट्टमा भारतीय मजदूरले निर्बाध काम गरिरहेको र गाउँघरमा समेत पस्ने गरेका कारण आफूहरूलाई समस्या भएको स्थानीयवासी मोहमद ताविज हुसेनले बताउनुभयो । उद्योगमा काम गर्नेमा भारत पश्चिम बंगालका मजदूर रहेको र उनीहरूले किनमेल गर्ने बहानामा गाउँ घुम्ने गरेका कारण आफूहरूमा कोरोना भाइरसको त्रास उत्पन्न भएको हुसेनले गुनासो गर्नुभयो ।

दुहबी ९ का वडाध्यक्ष मेहदी हुुसेनले इँटा उद्योग सञ्चालनका विषयमा आफूलाई जानकारी नभएको बताउँदै यदि त्यस्तो पाइएमा उद्योगलाई नेपाल सरकारले लागु गरेको नियमानुसार कारवाही गरिने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *