लकडाउनका कारण विरामीको हेलिकप्टरबाट उद्धार
झापा,
‘आन्तरिक ब्लिडिङ’ का कारण पाँचथरको फिदिम नगरपालिका– ५ का वडाअध्यक्ष लीलाराज तुम्वाम्फो सिकिस्त बिरामी भएपछि हेलिकप्टरबाट उपचारका लागि झापा ल्याइएको छ ।

तुम्वाम्फोलाई आज साँझ बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका लागि ल्याइएको हो । ९ एन – ए एम टी हेलिकप्टर मार्फत अस्पताल ल्याइपु¥याईएका वडा अध्यक्षको अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार शुरु गरिएको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिस गिरीले जानकारी दिनुभयो ।

‘वडा अध्यक्ष तुम्वाम्फो अचानक विरामी भएपछि उहाँलाई हेलिकप्टर मार्फत उपचारका लागि ल्याइएको छ’ गिरीले भन्नुभयो – लकडाउनका कारण एम्वुलेन्स समेत समयमा नभेटिएपछि उहाँलाई हेलिकप्टरबाटै यहाँ ल्याइएको रहेछ ।’

इलाम, पाँचथर, ताप्लेजुङका लागि एक ठूलाे अस्पताल स्थापना हुन जरूरी लाग्याे ।