कर्णाली सहकारीद्वारा ८ लाख सहयोग
बनियानी,
झापाको बिर्तामोडस्थित कर्णाली बचत तथा ऋण सहकारी संस्थाले विपन्न परिवारलाई राहत दिन रु आठ लाख सहयोग गर्ने भएको छ ।
जिल्लाका १५ वटा स्थानीय तहका विपन्न परिवारका लागि राहत अभियानमा सघाउन सहकारीले उक्त रकम दिन लागेको संस्थाका अध्यक्ष टसबहादुर प्रधानले जानकारी दिनुभयो ।
कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले देश लकडाउन गरेपछि दैनिक ज्याला मजदूरी गरेर जीविकोपार्जन गर्दै आएका नागरिक समस्या भएकाले सहयोग गर्न लागिएको उहाँले बताउनुभयो ।
“एकद्वार प्रणालीबाट राहत वितरण गर्ने पालिकाहरूको निर्णय रहेकाले राहत कोषमा जम्मा हुने गरी सहयोग गर्ने निर्णय भएको छ”, अध्यक्ष प्रधानले भन्नुभयो ।
संस्थाले झापाका १४ स्थानीय तहलाई रु ५० हजारका दरले र संस्थाको मुख्य कार्यालय रहेको बिर्तामोड नगरपालिकालाई रु एक लाख सहयोग दिने जनाएको छ । २० वटा शाखामार्फत वित्तीय सेवा दिँदै आएको कर्णालीमा ३३ हजार सदस्य आवद्ध छन् ।
