July 6, 2026

सुनसरीमा एम्बुलेन्सको ठक्करबाट स्वास्थ्यकर्मीको मृत्यु

0

इटहरी,

सुनसरीको इनरुवामा एम्बुलेन्सले ठक्कर दिँदा एक महिला स्वास्थ्यकर्मीको मृत्यु भएको छ।

स्कुटरमा रहेकी ३५ वर्षीया रत्ना श्रेष्ठको मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ।

बुधबार बिहान पूर्व-पश्चिम लोकमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को१च ९६०५ नंको एम्बुलेन्सले विपरीत दिशाबाट आउँदै गरेको को१६प २०६४ नंको स्कुटरलाई ठक्कर दिएको थियो।

स्कुटरमा रहेकी श्रेष्ठको अवस्था गम्भीर भएर उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल लाने क्रममा बाटैमा मृत्यु भएको हो।

एम्बुलेन्स चालक सुन्दरहरैचा ४ बस्ने बर्ष ४० का चन्द्रबहादुर राईलाइ इलाका प्रहरी कार्यालय पकलीको नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *