महामारीको सन्नाटामा विश्व शक्तिराष्ट्र अमेरिका
झापा,
विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र एवं सर्वशक्तिमान राष्ट्रका रुपमा विश्वसामु सामाजिक तथा सामरिक वर्चस्व समेत कायम राख्न सफल संयुक्तराज्य अमेरिका गएको महिना दिनदेखि ‘कोभिड १९’ नाम दिइएको कोरोना भाइरसको सङ्क्रमणसँग जुधिरहेको छ ।
करिब महिना दिन अघिसम्म अमेरिकाको पश्चिमी राज्य क्यालिफोर्निया र पूर्वीय राज्य न्यूयोर्क घडीको सुईजस्तै अनवरत मेशिनको लयमा आफ्ना गतिविधिहरु सञ्चालन गरिरहेका थिए र विश्वलाई यसैगरी बडो तीब्र गतिमा नियालिरहेका हुन्थे । तर अहिले त्यस्तो छैन ।

