June 28, 2026

ग्याँस सिलिण्डर चुहावटबाट आगलागी हुँदा दुईजना घाइते

0

कञ्चनपुर,

ग्याँस सिलिण्डर चुहावट भै आगलागी हुँदा वेदकोट नगरपालिका–१ दैजीमा दुईजना घाइते भएका छन्।

शुक्रबार साँझ भएको आगलागीबाट धर्मराज बडु र मिनबहादुर बोहरा घाइते भएका छन्। ग्याँस सिलिण्डर जडान गर्ने क्रममा आगलागी भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक रविन्द्रनाथ पौडेलले बताए।

उनका अनुसार घाइतेमध्ये बडुको अवस्था गम्भीर रहेको छ। महाकाली अस्पतालमा उपचार हुन नसकेपछि बडुलाई थप उपचारका लागि कैलालीको लगिएको छ। अर्का घाइते बोहराको महाकाली अस्पालमा उपचार भैरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *