June 28, 2026

लकडाउनको पालना गर्न मेचीनगरपालिकाको नगरवासीलाई आग्रह

0

लक्ष्मी उप्रेती / मेचीनगर ।

विश्व नै कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिममा परिरहेका बखत मेचीनगर नगरपालिकाले यसको संक्रमणबाट आफ्ना नागरिकहरुलाई सुरक्षित राख्न विभित्र अभियानहरु सञ्चालन गरिरहेको छ ।

नगपालिकाकोतर्फबाट नगर प्रमुख विमल आचार्यले जारी गरेको विज्ञप्तीमा नोवल कोरोना भाइरसको संक्रमण नियन्त्रण र पुर्वीनाकाबाट फैलन नदिन प्रारम्भबाट नगर कार्यपालिकाको कार्यालयले सक्रियपुर्वकरुपमा काम गरीरहेको उल्लेख छ ।

नगरपालिकाले वडानम्बर ७ को सतिघट्टास्थित माइती नेपालको भवन, ११ को घाइजनस्थित स्वास्थ्य चौकी ३ को वडाखालस्थित पशुपति माध्यमिक विद्यालय र ४ सरस्वती माध्यमिक विद्यालयमा क्वारेन्टाइनको व्यवस्था गरेको छ । अहिले क्वारेन्टाइनमाभारतलगायत विभिन्न मुलुकबाट रोजगारीका लागि वा अध्ययनका लागि गएर फर्किएकालाई उचित प्रवन्धसहित राखिएको छ भने नगरका विभिन्न ठाउँमा होम कवारेन्टाइनमा समेत बसेका छन् ।

नगरका १५ वटै वडाहरुमा विल्चिङ्ग पाउडर स्प्रेको तयारी गरिएको तथा केही वडाहरुमा स्प्रेको कार्य प्रारम्भ भै सकेको , कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रणका लागि परिचालित सुरक्षा कर्मी, स्वास्थ्यकर्मीहरुका लागि ५०० थान मास्क, ६० थान पिपि सेट र २० लि. सेनेटाइजर वितरण गरिएको ,सवै वडामा रहेका स्वास्थ्य केन्द्र र इकाइका जनशक्तिलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रणका लागि परिचालन गरिएको , नगर क्षेत्र भित्र एम्वुलेन्स सहित २ वटा स्वास्थ्यकर्मीहरुको टोली निर्माण गरी अत्यावश्यक सेवाका लागि परिचालन गरिएको , अन्तराष्ट्रिय सिमा काँकरभिट्टा नाकाबाट नेपाल प्रवेश गर्ने ८५ हजारभन्दा वढी यात्रुको इन्फ्रारेड थर्मामिटरबाट हेल्थ डेस्कमा ज्वरो स्क्रिन गरिएकोमा हालसम्म कुनै पनि पोजिटिभ फेला नपरेको , लकडाउन पछि नेपालका विभिन्न स्थानमा जाने यात्रुको गन्तव्य स्थानसम्म पुग्न सहजीकरण गरिएको, नगर विपद व्यवस्थापन समितिबाट कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण सम्वन्धि कार्य नियमित भैरहेको तथा यसका लागि टोल विकास संस्थाहरुलाई परिचालित हुन सूचना जारी गरि सकिएको नगर प्रमुख आचार्यले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमणका नियन्त्रणका लागि सम्पुर्ण नगरवासीहरुलाई अत्यावश्यक कामदेखि वाहेक घर कम्पाउण्ड वाहिर ननिस्कन । अत्यावश्यक कामका लागि घर वाहिर निस्कनु परेमा नजिकको सुरक्षा निकायसँग सम्र्पक गरी अनुमति प्राप्त गरेर मात्र निस्कन,भारत लगायतका तेश्रो मुलुकबाट घर फर्किएका सवैलाई घर भित्रै परिवारका सदस्यभन्दा अलग रही सेल्फ क्वारेन्टाइनमा वस्न ।

साथै क्वारेन्टाइनमा वस्दा स्वास्थ्य समस्या देखिएमा तत्काल वडा अध्यक्ष वा तोकिएको सम्र्पक नम्बरमा सम्र्पक गर्न ,यस संकटको घडीमा खाद्यान्न लगायतका अत्यावश्यक सामाग्रीको कालो वजारी र मूल्य वृद्धि नगर्न, खाद्यान्न लगायतका अत्यावश्यक सामाग्री विक्री वा खरिद गर्दा न्यूनतम १ मिटर (३ फिट) को दुरीमा चुना वा अन्य सामाग्री प्रयोग गरी सेतो घेरा वनाई उक्त स्थानमा वसी सामाग्री खरिद विक्री गर्न ,अति विपन्न असाहयका लागि खाद्य सामाग्री अभाव भए टोल विकास संस्थाका अध्यक्ष मार्फत वडा समितिका अध्यक्ष÷सदस्य मार्फत नगरपालिकामा सम्र्पक गर्न हुन ,सरकारद्वारा जारी लक डाउनको अवधिमा टयाक्टर, टेम्पु, मोटरसाइकल लगायतका अन्य सवारी साधन प्रयोग नगर्न नगराउन नेपाल सरकारद्वारा अत्यावश्यक सामाग्री ढुवानीका लागि जारी गरेको सूचनाका आधारमा तोकिएको समयमा मात्र ढुवानीका साधनहरु प्रयोग गरी खाद्यन्न सहित अत्यावश्यक सामाग्री ढुवानी गर्न तथा अति आवश्यक स्वास्थ्य सेवा आवश्यक भए तत्काल नगरपालिकाको स्वास्थ्य शाखा ( ९८४२६३८३२९) र विपद व्यवस्थापन समिति संयोजक (९८०११०६०८५) सँग सम्र्पक गर्न हुन प्रेस विज्ञप्तीमार्फत नगरपालिकाले आग्रह गरेको छ ।

सूचनाको अवज्ञा गरी कुनै क्रियाकलाप गरेमा प्रचलित कानून वमोजिम कडा भन्दा कडा कानूनी कारवाही हुने समेत नगरपालिकाले जनाएको छ । नगरवासीलाई कहि कतै कुनै समस्या भए प्रमुख प्रशासकीय अधिकृत महेन्द्र कुमार खाम्याहाङ्ग ९८५२०५६६०१, वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती ९८५२६७२७५८ र खाद्य विश्लेषक दीपेन्द्र कार्की ९८५२६७७६७ सँग सोझै सम्पर्क गर्ने व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *