June 28, 2026

झापा,

बिर्तामोड नगरपालिका ६ बुटाबारी बजारका पसलहरुमा ब्यवसायीले सामग्रीको बढी रकम लिएको जनगुनासो आए पछि वडा अध्यक्ष सुर्य प्रसाद कन्दङ्गवा,टोल समितिका अध्यक्ष राजुपौडेल ,ब्यवसायी संघ सचीव दिपक बास्कोटा, सामाजिक ब्याक्तित्व शिव कुमार कन्दङ्गवा राम बिष्ट लगायतका पदाधिकारीहरुले बजार अनुगमन गरेको छ ।

साथै विभिन्न देशबाट भर्खरै आएको र सूचना बेगर बसेका ब्याक्तीहरुको पहिचान गरि स्थानीय क्वारेन्टाइन मेची आखा अस्पतालमा सात जनालाइ रेफर गरिएको अध्यक्ष कन्दङ्गवाले जानकारी दिनु भएको छ । कोरना भाइरसबाट सचेत रहदै ब्यवसायीहरुलाइ सबै पसलले सर्व सुलभ ढङ्गले सामग्री बिक्रीवितरण गर्न र ५ फिटको फरकमा लाइनमा राखी उपलब्ध गराउन निर्देशन समेत गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *