July 5, 2026

प्रहरीलाई कोरोनाबाट बच्न सचेतना शिक्षा

0

बिर्तामोड।

विश्वव्यापी रुपमा महामारिको रुप लिइरहेको कोरोना भाइरस (कोभिड १९) को प्रकोपलाई मध्यनजर गर्दै इलाका प्रहरी कार्यालय अनारमनीले मातहतमा कार्यरत सबै प्रहरीलाई सचेतना शिक्षा प्रदान गरेको छ ।

रहेक क्षेत्रमा प्रहरी पुग्नु पर्ने भएकाले रोगको उच्च जोखिममा प्रहरीहरु रहेने भन्दै त्यसबाट कसरी जोगिनसकिन्छ भन्ने विषयमा इलाका प्रहरी कार्यालय अनारमनीले प्रहरीलाई सचेतना शिक्षा प्रदान गरेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिनुभयो ।

बिर्तामोडस्थित पूर्ण टुङ्ग बिर्तासिटी अस्पतालका डा विजय केशीले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइसरबाट कसरी आफूलाई सुरक्षित राख्न सकिन्छ भन्ने विषयमा प्रहरीलाई जानकारी गराएका गराउनुभएको थियो ।

कोरोना स्वास्थ्वस प्रश्वासका माध्यमबाट फैलने भएकाले भिडभाड हुने स्थानमा प्रहरी पुग्नु पर्ने बाध्यता रहेकाले त्यसबाट बच्न मास्कको प्रयोग, पञ्जाको प्रहयोग र रोगी व्यक्ति फेला परेकोे खण्डमा कसरी सुरक्षित रुपमा उद्धार गर्ने भन्ने विषयमा डा विजय केशीले प्रहरीलाई जानकारी गराउनु भएको थियो ।

कोरोना भाइरसको प्रकोप विश्वभर बढ्दै गएपछि अहिले सबै क्षेत्रमा सतकर्ता उच्च पारिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *