July 3, 2026

नेपाली सेनाको दिक्षान्त समारोह

0

विर्तामोड ।

पूर्वी पृतना हेडक्वाटर इटहरीमा सञ्चालन भएको सि.सं. १५ सैन्य आधार तालिमको अन्तिम दलेल कवाज (दिक्षान्त समारोह) सम्पन्न भएको छ । पूर्वी पृतनापति उपरथी अनन्त कार्कीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि पूर्वी पृतनापति उपरथी कार्कीले तालिम सफलतापूर्वक सम्पन्न गरी सिपाही दर्जामा नियुक्त हुने सैन्यहरुलाई वधाई तथा शुभकामना दिएका थिए भने तालिम टोलीद्वारा प्रदर्शित कवाजको निरीक्षण समेत गरेका थिए ।

कार्यक्रममा विभिन्न विधाहरुमा उत्कृष्ट हुने ८४ जना सैन्यहरुलाई पुरस्कृत गरिएको थियो । यसरी पुरस्कृत हुने सैन्यहरुमा फायरिङमा प्रथम हुने सिपाही श्यामकुमार श्रेष्ठ , ड्रिलमा प्रथम हुने सिपाही डम्बर चौधरी, बाधापारमा प्रथम हुने सिपाही सनम तामाङ र क्रस कन्ट्री ८ कि.मि.दौडमा प्रथम हुने सिपाही उपेन्द्र देवान रहेका छन् ।

७ (सात) महिना अवधिको सैन्य आधारभुत तालिम पूरा गरेका सिपाहीहरु अब नयाँ नियुक्ति लिई विभिन्न युनिहरुमा खट्टिने वताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *