भन्सर छलेको एक लाख मूल्य बरावरको मोटरपाटर्स बरामद
झापा,
भद्रपुर भन्सार कार्यालय अगाडिबाटै बिना भन्सार तिरेर लगिएको एक लाखको मुल्य बराबरको मोटरपार्टस प्रहरीले बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएका प्रहरी टोलीले उक्त मुल्य बराबरको मोटरपार्टस भद्रपुर ५ स्थित गुङगली नजिकैबाट बरामद गरेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

६ वटा कार्टुनमा प्याक गरिएको मोटरपार्टसलाई आवश्यक कारवाहीका भद्रपुर भन्सार कार्यालय बुझाइसकेको जनाइएको छ । यता व्यापारी स्रोतका अनुसारका बुधबार बेलुका ४ बजेको समयमा भद्रपुरका कारोबारीले मेची पुल पारी टेम्पोमा लोड गरी उक्त मोटरपार्टस सेटिङमै भन्सार अगाडिबाट भित्राइएको छ ।
भन्सार कर्मचारी र डियुटीमा खटिएका प्रहरीलाई रकम बुझाउँदै भित्राइएको सो सामान प्रहरीले बरामद गरेपछि यस्तो रहस्य बाहिर आएको हो । मोटरपार्टसको भन्सार बढी लाग्ने भएकोले कारोबारीले सेटिङ मिलाएर मौका छोपी यसरी सामान लैजाने गरेको व्यापारी स्रोतको दावी छ । यसअघि पनि भन्सार अगाडि डियुटीमा खटिएका कर्मचारीको सेटिङ बिना भन्सार नेपाल भित्राइएको सरसामान प्रहरी बरामद गरि बुझाएपनि कर्मचारीलाई कसैले कारवाही गर्न नसक्दा यस्तो घटना बारम्बार भइरहेको छ ।
