July 7, 2026

बिर्तामोडमा बिएमडब्ल्यु मोटराड र बेनेली मोटरसाइकलको सोरुम

0

झापा,

प्रदेश एकको १४ वटा जिल्लाको बजारलाई लक्षित गर्दै झापाको प्रमुख व्यापारिक केन्द्र बिर्तामोडमा बिएमडब्ल्यु मोटराड र बेनेली मोटरसाइकलको सोरुम बिहीबारदेखि सञ्चालनमा आएको छ । प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले रिवन काटेर सोरुमको उद्घाटन गरेसँगै गरुड अटो मोबाइल्स प्रालिले बिएमडब्ल्यु मोटराड र बेनेली मोटरसाइकलको बिक्री सुरु गरेको हो । गरुड अटो मोबाइल्सका सञ्चालक प्रज्ज्वल राईका अनुसार दुवै कम्पनीका मोटरसाइकलको आधिकारिक सोरुम प्रदेश नम्बर १ मै पहिलो भएको बताए ।

नेपालका लागि बिएमडब्ल्यु मोटराडको आधिकारिक बिक्रेता टर्क मोटर्स् ट्रेडिङ प्रालि र बेनेली मोटरसाइकलको आधिकारिक बिक्रेता केटिएम इन्टरनेसनल प्रालिको आधिकारिक बिक्रेताको रुपमा गरुड अटो मोबाइल्सले काँकरभिट्टा रोडको सुगम पेट्रोलको पारिपट्टि सोरुम सञ्चालनमा ल्याएको हो ।

एकै ठाँउमा जर्मन कम्पनी बिएमडब्ल्यु र इटालियन कम्पनी बेनेलीका मोटरसाइकल, स्पेयर पार्टस, सर्भिस उपलब्ध हुने भएकाले ग्राहकलाई सुविधा पुग्ने गरुडकी सेल्स एन्ड मार्के्टिङ मेनेजर आस्ना लामाले बताइन् । गरुडले प्रदेश नम्बर १ मै अत्याधुनिक सर्भिस सेन्टर पनि सञ्चालनमा ल्याएको बताइएको छ ।

बिएमडब्ल्युका वरिष्ठ सेल्स तथा मार्के्टिङ दिपेश श्रेष्ठका अनुसार बिएमडब्ल्युका ३१० देखि १२५० सिसी र बेनेलीका १३५ देखि ६०० सिसीसम्मका मोटरसाइकलहरु गरुडले बिक्रीका लागि राखेको छ । बिएमडब्ल्युका दुईवटा मोडल छन् भने बेनेलीका २७ वटा मोडल रहेका छन् ।

चार करोड रुपैयाँभन्दा बढी लगानी रहेकोे सोरुमबाट ४३ वटा मोटरसाइकल बिक्रीका लागि बुक भइसकेको सञ्चालक राईले जानकारी दिए । एक वर्षअघि मात्र नेपालमा भित्रिएको बिएमडब्ल्यु मोटरसाइकलहरु ९ लाख ५० हजार रुपैयाँदेखि ११ लाख १५ हजार रुपैयाँसम्म उपलब्ध छन् । त्यस्तै, बेनेलीलाई २ लाख ३० हजार रुपैयाँदेखि ८ लाख ५० हजार रुपैयाँसम्म पर्ने राईको भनाइ छ । उद्घाटनको अवसरमा बिएमडब्ल्यु मोटराडमा विभिन्न अफरहरु पनि सार्वजनिक गरिएको छ । बिएमडब्ल्युको खरिदमा ५० हजार रुपैयाँबराबरको बाइक एसोसरिज, एजिभी ब्रान्डको हेलमेट, ३ वर्षको फ्रि सर्भ्सिङ अफर रहेको छ । साथै, सहज फाइनान्स र एक्स्चेन्जको व्यवस्था पनि राखिएको छ ।

पेसाले पाराग्लाइडिङ पाइलट तथा प्रशिक्षक राई झापा उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष हुन् । १४ वर्षदेखि अल्ट्रा लाइट र पाराग्लाइडिङ उडाउँदै आएका राईले झापाको बजारमा आधुनिकतासँगै नयाँ स्टाइलिस्ट मोटरसाइकल भित्र्याएका हुन् । मोटरसाइकलको प्राविधिक पनि रहेका राई आपैmँले सर्भिस् सेन्टर पनि हेर्नेछन् । उद्घाटन कार्यक्रमका गरुड अटो मोबाइलका सञ्चालक प्रज्ज्वल राई, आमा तुलसा सुब्बा राई, झापा उद्योग संघका अध्यक्ष टिकाराज ढकाल, चेम्बर अफ कमर्स झापाका अध्यक्ष ओम बिमली, बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव प्रशान्त भण्डारी तथा राईका छोराहरु सेन्चेन, कियान र युन्छोको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *