पितृहरुको उद्धार गर्न श्रीमद् गरुड पुराण
अर्जुनधारा ।

सम्पूर्ण पितृहरुको उद्धार गर्ने उद्धेश्यले अर्जुनधारा–७ स्थित सामुहिक उद्धार तथा उपकार संघको आयोजनामा श्रीमद् गरुड पुराण सप्ताह ज्ञान महायज्ञ बिहीबारदेखि सुरु भएको छ ।
संघका अध्यक्ष विशाल शिवाकोटीको अध्यक्षतामा आयोजित महायज्ञको प्रमुख अतिथि दाता जयनारायण ढुंगानाले उद्घाटन गरेका थिए ।
आगामी फागुन २८ गते सम्पन्न हुने महायज्ञको प्रमुख वाचक पण्डित उदयनाथ दाहाल र उपवाचक पण्डित घनश्याम काफ्ले रहेका छन् । महायज्ञ अवधिमा दैनिक पुजा आरती, महात्मयकथा भजन किर्तन, लक्ष्यवर्तीका दिप प्रज्वलन, पूर्णाहुती, तिलकपाती प्रसाद वितरण कार्यक्रम रहेको सदस्य होमप्रकाश अधिकारीले बताए ।

कार्यक्रममा अर्जुनधारा–७ वडा समितिका अध्यक्ष नवराम ढुंगाना “नविन”, अर्जुनधारा जलेश्वर धामका मूल अर्चक अग्निप्रसाद सिग्देललगायतले मन्तव्य व्यक्त गरेका थिए । उपाध्यक्ष रमेश त्रिखत्रीले स्वागत गरेको कार्यक्रमको सञ्चालन पूर्व सचिव राजेन्द्र काफ्लेले गरेका थिए ।
