May 5, 2026

लैङ्गिक हिंसा अन्त गर्न सचेतनामूलक अभियान आवश्यक

0

धनुषा,

मुख्यमन्त्री लालबाबु राउतले सभा गोष्ठी गरेर लैङ्गिक हिंसाको अन्त सम्भव नरहेको बताउनुभएको छ ।

सहज परियोजनाद्वारा आज जनकपुरमा आयोजित समग्र लैङ्गिक उत्तरदायी तथा जवाफदेही न्यायमा पहुँच सुदृढीकरण सम्बन्धमा प्रदेशस्तरीय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री राउतले लैङ्गिक हिंसा अन्तका लागि सभा गोष्ठीभन्दा सतहमा गएर काम गर्नुपर्ने बताउनुभयो ।

लैङ्गिक हिंसाको मुख्य कारक नै अशिक्षा रहेको उल्लेख गर्नुहुँदै मुख्यमन्त्री राउतले आयोजक संस्थालाई सचेतनामूलक कार्यक्रमका साथै शिक्षामा समेत लगानी गर्न सुझाव दिनुभयो । सामाजिक कुरीति जकडिएको हाम्रो समाजमा लैङ्गिक हिंसाबाट जोगाउन शिक्षा एकमात्र अस्त्र रहेको उहाँको कथन थियो ।

प्रदेश सरकारले लैङ्गिक हिंसा अन्तका लागि छोरीले सानैदेखि बलियो बनाउँदै लैजाने योजनाअनुरुप ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रमका साथै, सरकारी सेवामा ५० प्रतिशत आरक्षणको ग्यारेन्टी गरेको उल्लेख गर्नुहुँदै मुख्यमन्त्री राउतले प्रहरी सेवामा महिलाको उपस्थिति लैङ्गिक हिंसा अन्तमा कोशेढुङ्गा सावित हुने विश्वाससमेत व्यक्त गर्नुभयो ।

सहज परियोजनाका देशीय निर्देशक जयशङ्कर लालको अध्यक्षतामा भएको उक्त कार्यक्रमको उद्घाटनसत्रमा मुख्य न्यायधिवक्ता दीपेन्द्र झाले लैङ्गिक हिंसा अन्त्यका लागि प्रदेश सरकारले चालेको कदमबारे जानकारी गराउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *