May 15, 2026

प्रमको जन्मोत्सव ‘शुभचिन्तकको आयोजनामा’

0

बिर्तामोड।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता तथा पूर्व उद्योगमन्त्री महेश बस्नेतले सेक्युरिटी प्रेस खरिद सम्बन्धमा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको अडियो प्रकरणका बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गम्भीर छानविन गर्नुपर्ने बताएका छन् ।

प्रेस संगठन झापाले सोमवार बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सेक्युरिटी प्रेस खरिदको मुद्दा राम्रो नियतले नआएकाले अख्तियारले गम्भीर रुपमा छानविन गर्नुपर्ने बताए । प्रधानमन्त्रीको जन्मोत्सव मनाउन कटिएको केकलाई लक्षित गर्दै उनले भने– प्रधानमन्त्री ओलीले आफू जन्मेको ठाउँ र घरलाई संरक्षण गर्ने र त्यस ठाउँको विकासका योजना लैजाने उचित समय खोजी रहेको बेलामा जन्मदिनको अवसर पारेर योजनाहरु शुरुवात गर्नुभएको हो ।

उनले भने– ‘अहिलेको पुस्ताले आफ्ना ठाउँलाई बिर्सिने गरेको र आफू जन्मे÷हुर्केको ठाउँबारे सोच्नुपर्छ भन्ने सन्देश दिन पनि उक्त कार्यक्रमको आयोजना गरिएको हो । उहाँका शुभचिन्तक तथा समर्थकले कार्यक्रम आयोजना गरेका हुन् ।’

प्रधानमन्त्री ओलीको जन्मदिन मनाइएको घटनाले नेकपाको आचार संहिता उल्लंघन नभएको नेता बस्नेतको दाबी थियो । पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने विषयमा भइरहेको कसरत स्वभाविक भएको उनले बताए । प्रतिनिधिसभामा उठाउँदा हार्छु भन्ने लागेर चुनाव नलडेका उपाध्यक्ष गौतमलाई पार्टी एकीकरणमा उनले गरेको योगदानलाई आधार मानेर पार्टी नेतृत्व राष्ट्रिय सभामा लैजान सहमत भएको उनको भनाइ थियो ।

प्रेस संगठन झापाका अध्यक्ष मुक्ति पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति झापाका अध्यक्ष सोम पोर्तेलको समेत सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *