May 15, 2026

‘मर्यादित महिनावारी’ वारे अन्तर्राष्ट्रिय कार्यशाला

0

झापा।

आगामी १३–१५ जेठसम्म ‘मर्यादित महिनावारी’ सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला हुने भएको छ । ‘महिनावारीका कुरा, मर्यादा केन्द्रित भए मात्र हुन्छ पूरा’ नारा राखिएको कार्यशाला महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले दोस्रो राष्ट्रिय महिला अधिकार दिवस (१६ जेठ) को सन्दर्भ पारेर आयोजना गर्न लागेको हो ।

महिला बालबालिका तथा समाज कल्याण मन्त्री पार्वत गुरुङले पत्रकार सम्मेलन गरेर सामाजिक कलंकको रुपमा रहेको छाउपडी प्रथाले नेपाललाई विश्वसामु लज्जित बनाएको भन्दै अब कुनै पनि बहानामा महिनावारीका कारण महिलामाथि विभेद हुने अवस्था आउन नदिने बताए ।

सुदूरपश्चिमको छाउपडी गोठ भत्काउने अभियानमा लागेको सरकारले मर्या्दित महिनावारीकै विषयमा पहिलो पटक यस्तो कार्यशाला गर्न लागेको हो । कार्यक्रममा सबै महादेशबाट गरी करिब ३० देशका सरकारी प्रतिनिधिसँगै यस विषयमा कार्यरत अभियन्ता तथा अनुसन्धानकर्मीहरुको सहभागिता हुनेछ । राष्ट्रिय मानवअधिकार आयोग र राधा पौडेल फाउन्डेशनसँगको सहकार्यमा यो कार्यशाला हुन लागेको हो ।

फाउन्डेशनकी प्रमुख एवम् मदन पुरस्कार विजेता राधा पौडेलले महिनावारी महिलाहरुको निजी सवाल नभई राजनीतिक र मानव अधिकारको सवाल भएकाले यस विषयमा सबैले हातेमालो गर्नुपर्ने बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *