October 11, 2026

नव निर्मित वडा कार्यालय भवन उद्घाटन

0

युद्धबहादुर बोहोरा / इलाम।

फाकफोकथुम-१,ठिंगेपुरमा निर्माण सम्पन्न भएको वडा कार्यालय भवन बुधबार उद्घाटन भएको छ।

आ.व.०७५/७६ को पालिकाबाट विनियोजित रु.५३ लाख रुपैयाँ लागतमा एकतलाको चार कोठे भवन निर्माण सम्पन्न गर्ने गरि जिआरडि कन्ट्रक्सन प्रालिले जिम्मा लिएको थियो।
गत वैशाख महिना देखि निर्माणको काम शुरू गरिएको यो भवनमा खानेपानी,शौचालयको सुविधा सहित अपांगमैत्री ढंगले तयार गरिएको छ।

एक सभाहल,प्रशासन,मेलमिलाप,प्राविधिक कक्ष रहेको भवन बहुतले निर्माण गर्न सकिने गरि प्राविधिक स्टमेट गरिएको कार्यालयले जनाएको छ। यसैबीच वडा न.१ स्थित विभिन्न कार्यालय निर्माण गर्नको लागि नि:शुल्क जग्गा प्रदान गर्नु हुने जग्गादाताहरुलाई सम्मान गरिएको छ।

सम्मानित हुनेहरुमा वडा कार्यालको लागि नि:शुल्क तीन रोपनी जग्गा उपलब्ध गराउने सरस्वती बोहोरा र टंक माया बोहोरा साथै २९ लाख बजेट यसै आर्थिक वर्ष भित्रमा सोही कम्पनीद्वारा निर्माण शुरु भएको उप-स्वास्थ चौकीको लागि तीन रोपनी जग्गा उपलब्ध गराउने गीता माया लिम्बू र आङ्ध्वज नेम्वाङ र खाम्बाङ खोप केन्द्र लागि एक रोपनी जग्गा उपलब्ध गराउनु हुने उदयनारायण भट्टराईलाई सम्मान गगरिएको छ।

उनीहरुलागि कार्यक्रमका प्रमुख अतिथि पालिका अध्यक्ष रामकुमार श्रेष्ठ तथा विशेष अतिथि उपाध्यक्ष सरस्वती राई (सरु),प्रशासकीय अधिकृत रेखनाथ दहाल लगायतले दोसल्ला ओढाइ सम्मान गरेको कार्यक्रमका संचालक तथा वडा सदस्य बालकृष्ण भट्टराईले जानकारी दिए।

त्यस्तै,भवन डिजाइनर पालिकाका इन्जिनियर कुशल खनाल,साइड प्राविधिक सीता राम पौडेल र किशान लिम्बू तथा ठेक्केदार कम्पनीका प्रतिनिधि टीका सम्वाहाम्फे लिम्बू र टीका बोहोरालाई समेत सम्मान गरेको थियो।

सात वडा रहेको यस पालिकामा वडा न. ६ को कार्यालय भवन यस अघि नै निर्माण पछि संचालनमा छ।वडा न. २ को उद्घाटनको तयारीमा छ।अन्य ४,५ र ७ वडाहरुको निर्माण प्रक्रिया शुरू भएको छ भने वडा न.५ को स्थान विवादका कारण स्थगित भएको पालिका कार्यालयले जनाएको छ। जम्मा सात जना कर्मचारी रहेको यस वडाले गत आर्थिक वर्षमा पालिका भित्रका वडा मध्ये उत्कृष्ट राजस्व संकलन गर्न सफल भएकोले पालिकाद्वारा पाँच लाख रुपैयाँले वडालाई पुरस्कृत गरेको छ।

उक्त कार्यमा कुशल भुमिका निर्वाह गर्ने वडा सचिव तिलरुपा राई र पेमा तामाङलाई पनि सम्मान गरेको छ। रेडियो रवि १०७.७ मेगाहर्जबाट प्रत्यक्ष प्रसारण गरेको उक्त उद्घाटन समारोह वडा अध्यक्ष टेकवीर लिम्बुको अध्यक्षतामा सम्पन्न भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *