अतिक्रमणमा परेको बाटो पैनीको संरक्षण
लक्ष्मी उप्रेती / काँकरभिट्टा,
झापाको मेचीनगर नगरपालिका आफ्नो क्षेत्रभित्रको सार्वजनिक सम्पति संरक्षणमा जुटेको छ । स्थानीय सरकार सञ्चालन ऐन संशोधनसहित ऐन २०७४ को दफा ९७ को उपदफा १ को खण्ड क र ग अनुसार पर्ने यस्तो सम्पतिको संरक्षण गर्ने कानुनी दायित्व नगरपालिकाको हुन्छ ।
नगरपालिकाले मेचीनगर —७ स्थित वीच कामत दक्षिणतर्फको सार्वजनिक बाटो र सोहि क्षेत्रको सार्वजनिक पैनी संरक्षण गदैं सार्वजनिक सम्पतिको संरक्षणमा जुटेको हो ।
मेचीनगर—७ स्थित वीच कामत दक्षिण परापुर्वकालदेखि चलिआएको सार्वजनिक बाटो र सोहि क्षेत्रको पैनी स्थानीय नारायण ओली र विष्णुप्रसाद ओलीले भत्काएर लथालिङ बनाएपछि स्थानीयलाई आवात जावतमा समस्या र खेतीपाती गर्न गम्भीर संकट परेको थियो । सार्वजनिक वाटो र पैनी मास्नेलाई कारवाही तथा वाटो र पैनी नियमित सञ्चालनको व्यवस्था गरिदिन स्थानीय धनबहादुर वस्नेत समेतका निवेदकले मेचीनगरको ७ नम्बर वडा कार्यालयमा १५ माघ मा निवेदन दिएका थिए ।
प्रहरी चौकी सतिघट्टाको सर्जमिन मुचुल्का समेतबाट उल्लेखित निवेदकहरुको निवेदन व्यहोरा साँचो ठहर हुन आएको सन्दर्भमा मुलुकी देवानी संहिता ऐन २०७४ को दफा ३०० को उपदफा १ को खण्ड क र ख अनुसार उल्लेखित बाटो र पैनी सार्वजनिक सम्पति पर्ने भएको हुँदा नगरपालिकाले पुर्व अवस्थामा कायम गरेको हो ।
२२ माघमा नगर उपप्रमुख मीना पोखरेल उप्रेतीको कार्यकक्षमा नगरप्रमुख विमल आचार्य र उपप्रमुख मीना पोखरेल उप्रेतीको रोहवरमा निवेदक पक्ष र नारायण ओली तथा निजका छोरा समेत बसेर उल्लेखित विषयमा छलफल गराइएको तथा उल्लेखित सार्वजनिक बाटो र पैनी परापुर्वकालदेखि प्रचलनमा रहेको र ती संरचनाहरु सार्वजनिक सम्पति भएको हुँदा नारायण ओलीलगायतलाई तत्काल उल्लेखित सार्वजनिक बाटो र पैनी स्वयम् ले पुर्व अवस्थामा कायम गर्न नगर प्रमुख उपप्रमुख र कार्यालयमा उपस्थित सवैले अनुरोध गरेका थिए ।
त्यसवेला नारायण ओली र निजका जेठा छोरा कुमार ओलीले २ दिनको समायसीमा माग गरेका थिए । त्यस समयसम्म साविक बमोजिम कायम नभएको हुँदा मुलुकी देवानी संहिता ऐन २०७४ को दफा ३०० को उपदफा १ को खण्ड क र ख अनुसार उल्लेखित बाटो र पैनी सार्वजनिक सम्पति पर्ने भएको हुँदा नगरपालिकाले पुर्व अवस्थामा कायम गरेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङ्गका अनुसार तत्काल जिल्ला प्रशासन कार्यालय झापा मार्फत इलाका प्रहरी कार्यालय काँकरभिट्टाको सहयोगमा नगरपालिकाका नगरप्रहरी खटाइ मेचीनगर —७ नम्बर वडाका वडाध्यक्षलगायत पदाधिकारीहरुको रोहवरमा कार्यालयको व्याकु हु लोडर खटाएर नारायण ओलीलगायतले भत्काएको साविक बाटो र पैनी तीन दिनभित्रमा यथावत पुर्व अवस्थामा कायम गर्ने व्यवस्था हुन फागुन ५ गते वसेको वैठकको निणृय १ बाट कार्यालयलाई निर्देशन दिने निर्णय भएको छ ।
मेचीनगर नगरपालिकाले निर्णय कार्यान्वयन सम्बन्धमा मेचीनगर वडानम्बर ७ लाई लेखेको पत्रको बोधार्थ जिल्ला प्रशासन कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टालाई आवश्यक सहयोग गर्न, नगर प्रमुख , उपप्रमुख, कार्यपालिका सदस्य पुर्ण मेचे कार्यालयको व्याकु हु लोडर लिएर जाने, नगर प्रहरी इन्चार्ज मेचीनगर नगर कार्यपालिकाको कार्यालय उक्त कार्यमा सहयोग हुन र खाद्य विश्लेषक दीपेन्द्र कार्कीलाई दिएको छ ।
