October 18, 2026

गरामनीमा निःशुल्क स्वास्थ्य शिविर

0

बिर्तामोड ।

सिम्रिक बचत तथा ऋण सहकारी संस्था बिर्तामोड ४ को आयोजनामा बिर्तामोड नगरपालिका वडा नं.८ को गरामनीमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

नोबेल मेडिकल कलेज एण्ड रिसर्च सेन्टर विराटनगरको प्राविधिक सहयोगमा भएको शिविरमा सहभागी ८ सय ७० जनालाई विभिन्न १४ प्रकारका रोगको स्वास्थ्य सेवा प्रदान गरिएको थियो । स्वास्थ्य शिविरको उद्घाटन ९२ वर्षिय खड्गप्रसाद भट्टराईको स्वास्थ्य परीक्षण गरेर गरिएको थियो ।

संस्थाका अध्यक्ष कमलबहादुर बस्नेतको अध्यक्षता तथा प्रदेश सभा सदस्य एकराज कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नोबेल मेडिकल कलेज एण्ड रिसर्च सेन्टरका आँखा रोग विशेषज्ञ डा.कुमोदकुमार झा,बिर्तामोड नगरपालिका वडा नं.८का कार्यवाहक वडाध्यक्ष दिपक भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

शिविरमा सहभागीलाई जनरल मेडिसिन सेवा, मुटु रोग, बाल रोग, स्त्री तथा प्रसुती रोग, मानसिक तथा नशा रोग, हाडजोर्नी, छाला तथा यौन रोग, नाक–कान–घाँटी, आँखा परीक्षण, दन्त परीक्षण, इसिजी सेवा, भिडियो एक्स रे, प्याथोलोजी, इसिजीलगायतका सेवा प्रदान गरिएको संस्थाका विभागीय प्रमुख विजय बस्नेतले जानकारी दिए ।

कार्यक्रमको सञ्चालन संस्थाका सचिव सुवास भट्टराईले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *