October 18, 2026

फागुन ९ देखि फिक्कल महोत्सव

0

काठमाडौँ, 

नेपाल भ्रमण वर्षलाई प्रवद्र्धन गर्ने उद्देश्यले यही फागुन ९ देखि १८ गतेसम्म सिन्धुलीमा फिक्कल महोत्सव हुने भएको छ ।

गाउँपालिकाको क्षेत्रमा रहेका धार्मिक एवम् सांस्कृतिक पर्यटकीय क्षेत्रको जानकारी गराई आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरेर पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित महोत्सव गर्न थालिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा फिक्कल गाउँपालिकाका अध्यक्ष धनबहादुर कार्कीले जानकारी दिनुभयो ।

महोत्सवमा पदयात्रा, जलयात्रा गराउनुका साथै सगरमाथालगायत देशका अग्ला हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिने छ । महोत्सवमा प्याराग्लाइडिङ, ¥याफिटङको साथै कृषि तथा पशुपालनसँग सम्बन्धित स्थानीय उत्पादनको प्रदर्शनी र मौलिक उत्पादनको प्रतियोगितात्मक प्रदर्शनीसमेत गरिने भएको छ ।

महोत्सवमा विभिन्न जातजातिको सांस्कृतिको प्रर्दशन, सुनुवार र मगर जातिको झाँक्री तथा नृत्य प्रदर्शनसमेत हुने भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले उद्घाटन गर्ने महोत्सवमा एक लाखले अवलोकन गर्ने अपेक्षा गरिएको अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *