September 19, 2026

ताइवानका प्रधानसेनापति बेपत्ता

0

एजेन्सी ।

ताइवानका प्रधानसेनापति शेन यी मिङ बेपत्ता भएका छन्।

आज बिहान न्यू ताइपेई सहरको पहाडी क्षेत्रमा उनीसहित १३ जना ‘ब्ल्याक हक’ हेलिकप्टरको आकस्मिक अवतरणपछि उनीसहित ३ जना बेपत्ता भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

ताइवानको वायु सेनाका जनरलसमेत रहेका शेन यी मिङसहित ३ जना बेपत्ता भएको र अन्य १० जना भने जीवितै भेटिएको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ। बेपत्ताको खोजी जारी रहेको मन्त्रालयले जनाएको।

ताइवानमा आगामी जनवरी ११ मा राष्ट्रपतीय तथा संसदीय निर्वाचन हुन लागेको छ। यो चुनावलाई बेइजिङसँगको सम्बन्धका बारेमा जनमतसंग्रहका रुपमा पनि हेरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *