लडेर एक जनाको मृत्यु
धनकुटा ।
धनकुटा नगरपालिका–९ बेलहराका ६३ बर्षीय रिकमान तामाङको लडेर मृत्यु भएको छ ।
बुधवार राती सवा ८ बजे गाउँबाट घर फर्केर आउने क्रममा अचानक बाटोमा लडेर घाईते भएका तामाङको स्थानीय बेलहारा स्वास्थ्य चौकीमा उपचारको क्रममा राती ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको धनकुटा प्रहरीले जनाएको छ ।
