नेपाल भ्रमण वर्ष सफल पार्न कांकरभिट्टामा ¥याली
मेचीनगर,

नेपाल भ्रमण वर्ष २०२० को प्रचार प्रसार होस भन्ने उद्देश्यले शनिबार झापाको मेचीनगरमा विविध कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब अफ मेचीनगरले नेपाल सरकारद्वारा घोषणा गरेको भ्रमण वर्ष २०२०लाई प्रचार प्रसार गर्ने र बाह्य तथा आन्तरिक पर्यटन प्रवद्र्घन गर्ने उद्देश्यले र्याली, विचार सभा र रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।
कार्यक्रमको संघीय सांसद् सुरेन्द्रकुमार कार्कीले रिवन काटेर एक भव्य समारोहका बीच उद्घाटन गर्नुभएको थियो । इलाका प्रहरी कार्यालय काँकरभिट्टा परिसरबाट निस्केको र्यालीले काँकरभिट्टा बजारको मुख्य मुख्य भागको परिक्रमा गरी पुनः सोहि स्थानमा पुगेर संक्षिप्त सभा र रक्तदान कार्यक्रममा परिणत भएको थियो ।

र्यालीमा लायन्स, लियोका पदाधिकारीहरु, विद्यार्थी, सुरक्षाकर्मी, विभिन्न संघ संस्थाहरु आ आफ्नो पहिचान झल्किने व्यानरसहित सहभागी भएका थिए । कार्यक्रममा बोल्दैं प्रमुख अतिथि समेत रहनुभएका सांसद् कार्कीले रचनात्मक कामले आवाज नदिई सकरात्मक सन्देश दिने भएकाल ेलायन्स क्लबले पनि यस्तो कामको थालनी गरेकोमा प्रशंसा गर्नुभयो । उहाँले सरकारले अघि सारेको नेपाल भ्रमण वर्ष २०२० सफलरुपमा सम्पन्न गर्नु सवैको दायित्व भएको बताउनुभयो ।

लायन्स क्लब अफ मेचीनगरका चार्टर प्रेसिडेन्ट शंकर थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्यहरु गेपालचन्द्र बुढाथोकी, श्रीप्रसाद मैनाली, मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोखरेल उप्रेती, लायन्स क्लका एरिया चीफ लीलाप्रसाद चिमरियालगायतले बोल्नुभएको थियो । सचिव सुवर्ण भट्टराईले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष गंगालाल गुरुङले कार्यक्रमको औचित्यमाथि प्रकाश र स्वागत गर्नुभएको थियो ।
सोहि अवसरमा नेपाल रेडक्रस सो साईटि भद्रपुरको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ७५ प्रिन्ट रगत संकलन भएको अध्यक्ष थापाले जानकारी दिनुभयो । रक्तदाताहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।
