May 1, 2026

कांग्रेसको जिल्लास्तरीय भेलामा बरिष्ठ नेता आउने

0

बिर्तामोड।

नेपाली कांग्रेस झापाको सोमबार बसेको संयुक्त बैठकले यही कात्तिक २८ गते बरिष्ठ नेता रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा जिल्लास्तरीय कार्यकर्ता भेला सम्पन्न गर्ने निर्णय गरेको छ ।

बिर्तामोडस्थित नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालयमा दिनको १२ बजे आयोजना हुने सो जिल्ला भेलालाई बरिष्ठ नेताका साथै केन्द्रीय नेताहरु डाक्टर शेखर कोइराला, अर्जुननरसिंह केसी, रामशरण महत, मिनेन्द्र रिजाल, बद्री पाण्डे, सरिता प्रसाई लगायतले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको पार्टी प्रचार बिभाग प्रमुख कृष्ण हुमागाँईले जानकारी दिए ।

नेताहरुले देशको वर्तमान संकटपूर्ण अवस्थामा नेपाली कांग्रेसले निर्वाह गरिरहेको भूमिका र कांग्रेसका नेता कार्यकर्ताहरुको दायित्वमाथि पार्टीको धारणा प्रष्ट पार्ने बताइएको छ ।

पार्टीको जिल्ला समिति, क्षेत्र, प्रदेश, नगर र गाउँ समितिका पदाधिकारीहरु सम्मिलित संयुक्त बैठकले कार्यकर्ताहरुको व्यापक सहभागिताका लागि संगठनका सवै युनिटहरुमा २६ गते नै वैठक गरेर कार्यकर्तामा सूचना सम्प्रेषण गर्ने निर्णय गरेको पार्टी प्रवक्ता लोकराज ढकालले जानकारी दिए ।

पार्टी सभापति उद्धव थापाको सभापतित्वमा बसेको सो संयुक्त बैठकले पूर्वको पशुपतिनाथका नामले प्रशिद्ध अर्जुनधारा जलेश्वर धामको ३७ औं अनुष्ठानका अवसरमा महाबीर सेवा सदन कलकत्ताले यही कात्तिक १३ देखि २० गतेसम्म अपाङ्गता भएका व्यक्तिहरुलाई कृत्रिम हात, खुट्टा निःशुल्क जडान गरिने स्वास्थ्य शिविर सञ्चालन गरेकोले आम सर्वसाधारणमा सूचना प्रवाह गर्न मातहतका पार्टी इकाइहरुलाई निर्देशन समेत दिएको छ ।

त्यसैगरी कात्तिक २देखि ७ गतेसम्म सञ्चालन हुने ब्रम्हा महापुराणका अवसरमा कात्तिक ५ र ६ गते आँखाको निःशुल्क शिविर सञ्चालन हुने हँुदा सर्वसाधारणमा जानकारी पु¥याउन र आफ्नो नजिकमा रहेका असहाय, अशक्तलाई शिविरसम्म पु¥याउन मानवीय सेवाकोे काममा खटिन पनि पार्टी कार्यकर्ताहरुलाई बैठकले निर्देशन दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *