May 1, 2026

मातृ भाग्यरेखाको आठौं सभा

0

बिर्तामोड।

झापाको बिर्तामोड–१ स्थित मातृ भाग्यरेखा बचत तथा ऋण सहकारी संस्थाको आठौं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष खड्गप्रसाद दाहालको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा लेखा समिति सदस्य रामप्रसाद घिमिरेले स्वागत गरेका थिए ।

कार्यक्रममा बिर्तामोड नगरपालिकाका सहकारी निरिक्षक डिल्ली दाहाल, साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष देवी निरौला बस्नेत, गोदावरी बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष रामबहादुर बस्नेत, अञ्जली हस्पिटलका अध्यक्ष कुलप्रसाद खरेल, नेपाल पत्रकार महासंघ झापाकी महिला उपाध्यक्ष भिमा शिवाकोटी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष दाहालले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाको शेयर सदस्य आठ सय ४४ जना, शेयर पुँजी दुई करोड ५९ हजार ६२ रुपैयाँ , निक्षेप संकलन १४ करोड ९५ लाख २६ हजार आठ सय ३० रुपैयाँ ४६ पैसा, ऋण लगानी पाँच करोड ३६ लाख ५० हजार र तीन करोड ६५ लाख १५ हजार नौ सय ५८ रुपैयाँ कर्जा असुली गरेको बार्षिक प्रतिवेदनमा उल्लेख छ ।

संस्थाले एक करोड ६८ हजार नौ सय ७२ रुपैयाँ ५६ पैसा आम्दानी गरेको छ भने ६५ लाख ३० हजार एक सय ९५ रुपैयाँ ५७ पैसा खर्च भएर खुदनाफा ३३ लाख ६१ हजार आठ सय ३८ रुपैयाँ १४ पैसा गरेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।
कार्यक्रममा संस्थाले असल बचतकर्तातर्फ पुष्पा दाहाल र दीपक वर्मन, असल ऋणितर्फ सितादेवी सहनी र सुरेन्द्र प्रधान र उत्कृष्ट कर्मचारीतर्फ गंगा भट्टराईलाई नगरसहित सम्मान गरेको संस्थाका व्यवस्थापक विनोदकुमार गणेशले जानकारी दिए ।

कार्यक्रममा लेखा समितिका संयोजक टंकप्रसाद दवाडीले लेखा समितिको प्रतिवेदन, ऋण उपसमितिका संयोजक लक्ष्मीप्रसाद ओडारीले ऋण उपसमितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सचिव गणेश शिवाकोटीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *