October 11, 2026

बलात्कार गरेको अभियोगमा नेकपाका विद्यार्थी नेता पक्राउ

0

काठमाडौं ।

झापाकी एकजना किशोरीमाथि बौद्ध, माकलबारीमा बलात्कार अभियोग लागेपछि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी नेतालाई कारबाही गरिएको छ।

१८ वर्षीय किशोरीमाथि बलात्कार गरेको आरोपमा प्रहरी हिरासतमा रहेका रत्नराज्य लक्ष्मी क्याम्पस स्ववियू सह-सचिव तथा अनेरास्ववियु केन्द्रीय सदस्यस ईन्द्र हाङ राईलाई स्ववियुको जिम्मेवारीबाट हटाइएको हो।

आरआर क्याम्पसका स्ववियू सभापति तपेन्द्रबहादुर शाहीले सह-सचिव राईलाई कारबाही गरिएको जानकारी दिँदै उनले स्ववियुका कुनै पनि गतिविधिमा संलग्न हुन नपाउने बताएका छन्।

घटनाको अनुसन्धान गरी पीडितपक्षलाई न्याय दिलाउन प्रहरीलाई सहयोग गर्न आफूहरु तयार रहेको पनि शाहीले बताए। राईले भाइटीकाको अघिल्लो दिन ती किशोरीलाई गोकर्णेश्वर नगरपालिका-६ माकलबारीमा बलात्कार गरेको आरोप लागेको थियो। उनलाई बौद्ध वृत्तको प्रहरीले भाइटीकाको बिहानै हिरासतमा लिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *