October 11, 2026

रक्सी पिएर खुकुरी प्रहार

0

तेह्रथुम ।

पूर्वी पहाडी जिल्ला तेह्रथुममा खुकुरी प्रहार गरेर श्रीमती र पाहुना आएका आफन्तलाई सख्त घाइते बनाएको आरोपमा म्याङलुङ नपा ९ बस्ने बर्ष ५० का रमेश रसाइलीलाई प्रहरीले पक्राउ गरेको छ।

मादक पदार्थ सेबन गरी श्रीमती ४२ बर्षिया कुमारी बिक र पाहुना आएका मेन्छ्यायेम गापा ६ बस्ने ५९ बर्षीय डम्बर बहादुर सुनवारलाई खुकुरी प्रहार गरेर घाइते बनाएको आरोपमा रसाइलीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी नबिन किशोर प्रधानले जानकारी दिए।

रसाइलीले मंगलबार खुकरी प्रहार गर्दा श्रीमती बिकको टाउकोमा र पाहुना आएका सुनवारको दाहिने हातमा चोट लागेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *