October 13, 2026

पटका पड्काउँदै हिँडेका सातजना पक्राउ

0

गुल्मी,

गुल्मी सदरमुकाम तम्घास बजारमा पटका पड्काउँदै हिँडेका सातजनालाई प्रहरीले आइतबार राती नियन्त्रणमा लिएको छ।

तम्घासको बसपार्क एरिया, खानीगाउँ र साहुटोलबाट प्रशासनले पटका पड्काउन लगाइएको प्रतिबन्धको अवज्ञा गर्दै हिँडेका उनीहरुलाई नियन्त्रण लिइएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यलय गुल्मीमा राखिएको छ। उनीहरूमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी प्रमुख एसपी राजेन्द्र सिंह खडकाले जानकारी दिए ।

खड्काले पटका पड्काउने र रातको समयमा हो-हल्ला गर्ने जो कोहीलाई पनि कानुनको दायरामा ल्याएरै छाडने दाबी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *