October 12, 2026

बग्दादी चिच्याउँदै र रुँदै मरे : डोनाल्ड ट्रम्प

0

काठमाडौं,

राष्ट्रपति डोनल्ड ट्रम्पले इस्लामिक स्टेट समूहका नेता अबु बकर अल(बग्दादी अमेरिकी फौजद्वारा सिरियामा मारिएको घोषणा गरेका छन्।

ह्वाइट हाउसमा बोल्दै ट्रम्पले भागेर एउटा सुरुङभित्र अल –बगदादीले आफूले लगाएको एउटा ‘सुसाइड भेस्ट’ विस्फोट गराएको बताए। इराक र सिरिया क्षेत्रमा क्यालिफेट अर्थात् ईश्वरका प्रतिनिधिबाट शासित राज्यको घोषणा गरेपछि अल–बग्दादी सन् २०१४ मा चर्चामा आएका थिए।

इस्लामिक स्टेटले गरेका कैयौँ हत्याका घटनामा हजारौँ मानिसले ज्यान गुमाइसकेका छन्। उक्त जिहादी समूहले करिब ८० लाख मानिसमाथि एउटा क्रूर शासन लादेको थियो। विश्वका विभिन्न स्थानमा गराइएका आक्रमणहरूमा सो समूहको हात रहेको बताइन्छ।

सिरियाको इड्लिब क्षेत्र जहाँ अमेरिकी फौजले कारबाही गरेको हो डेमोक्र्याटहरूले ट्रम्पमाथि महाभियोग लगाउने विषयमा छानबिन अघि बढाएका बेला पनि आएको यो खबर उनका लागि अर्थपूर्ण छ। स्थानीय समय अनुसार आइतबार बिहान एउटा अस्वाभाविक वक्तव्य दिँदै ट्रम्पले सिरियाको इड्लिब प्रान्तस्थित एउटा सुरुङमा अल–बग्दादी चिच्याउँदै र रुदै मरेको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *