June 16, 2026

कांकरभिट्टामा यात्रु सहायता कक्षको स्थापना

0

बिर्तामोड ।

पूर्वी नाका कांकभिट्टा क्षेत्रमा सवारी दुर्घटना न्यूनिकरणका लागि सक्रिय भएको ट्राफिक प्रहरीलाई स्थानीय तहले पनि साथ दिएको छ ।

कांकरभिट्टा ट्राफिक प्रहरी पोष्टको जिम्मेवारीसम्हालेका ट्राफिक प्रहरी नायव निरीक्षक कालिदास रेग्मीले विभिन्न सचेतना मुलक कार्यक्रमलाई तिब्रता दिइरहेका बेला मेचीनगरपालिकाले समेत दुर्घटना न्यूनिकरणमा साथ दिएको हो ।

सम्भावित दुर्घटना न्यूनिकरण गर्दै चाडपर्वलाई हसोल्लाषका साथ मनाउन आग्रह गर्दै यात्रुलाई गन्तब्यमा पुग्न सहज होस् भनेर मेचीनगर–६ स्थित बसपार्कमा मेचीनगरपालिकाका मेयर विमल आर्चायको प्रमुख आतिथ्यमा यात्रु सहायता कक्षको स्थापना गरिएको छ ।

पूर्वी नाका कांकरभिट्टा हुदैं भारत लगायत तेस्रो मुलुकबाट स्थल मार्ग प्रयोग गर्दै नेपाल भित्रने पर्यटक तथा यात्रुलाई सहज होस् भनेर यात्रु सहायता कक्षको स्थापना गरिएको ट्राफिक प्रहरी नायव निरीक्षक रेग्मीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *