June 17, 2026

सम्झौता विपरित व्यवसाय बन्द गराएको आरोप

0

बिर्तामोड, हनुमान सेन्ट्रल सञ्चालकले सम्झौता विपरित काम गर्दा आफूहरुको व्यवसाय धरासायी बनेको हनुमान सेन्ट्रल व्यपार विकास समितिका अध्यक्ष सविन कार्कीले बताएका छन् ।
बिर्तामोडमा शुक्रवार पत्रकार सम्मेलनको आयोजना गर्दै हनुमान सेन्ट्रल नवदीप जग्गा विकास कम्पनी प्रालिका सञ्चालक रमेशकुमार सरियाले लोटस गेमजोन सञ्चालनका लागि सम्झौता गरिएपनि सम्झौता अनुसार आफूहरुलाई व्यवसाय सञ्चालन गर्न नदिएको जानकारी दिइयो ।
अहिले प्रालि र व्यवसायी बीचको विवादका कारण तीन महिनादेखि गेम जोन बन्द छ पत्रकार सम्मेलनमा बोल्दै गेमजोनका सञ्चालक देबीप्रसाद भट्टराईले भने – हनुमान सेन्ट्रलका सञ्चालक रमेशकुमार सरियाको योजना अनुसार व्यवसाय १३ जना व्यवसायीले मिलेर २०७५ असोजबाट करिब ७० लाख रुपैयाँको लागतमा गेमजोन सञ्चालन गरेका थियौ अहिले उनकै कारण हाम्रो व्यवसाय बन्द छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *