May 2, 2026

१९ हजार बोट गाँजा फडानी

0

धनकुटा,

धनकुटाको शहिदभुमी गाउँपालिका १ र साँगुरीगढी गाउँपालिका  ९ मा अबैध रुपमा लगाईएका तथा प्राकृतिक रुपमा उम्रिएका करिव १९ हजार भन्दा बढी गाँजाका बोटहरु प्रहरीले नष्ट गरेको छ ।


जिल्ला प्रहरी कार्यालय धनकुटा र प्रहरी चौकी त्रिवेणीबाट खटिएको प्रहरी टोलीले शहिदभुमी गाउँपालिका १ देउराली र घंगरुवा भन्ने स्थानमा उम्रिएका ६ हजार २० बोट गाजा फडानी गरी नष्ट गरेको हो ।

यसैगरी जिल्ला प्रहरी कार्यालय धनकुटा र ईलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले साँगुरीगढी गाउँपालिका ९ आहालेमा १३ हजार ९ सय १० बोट गाँजा फडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *