May 14, 2026

मिक्लाजुङ,

जिल्ला प्रशासन कार्यालय पाँचथरले एक वर्षको अवधिमा रु दुई करोडभन्दा बढी राजश्व सङ्कलन गरेको छ ।

राहदानी बनाएर मात्रै आव ०७५÷७६ मा रु एक करोड ९५ लाख ९५ हजार राजश्व रकम सङ्कलन भएको प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले बताउनुभयो । साधारण सिफारिसतर्फ एक हजार १४० महिला र दुई हजार २२९ पुरुष गरी जम्मा तीन हजार ३६९ ले राहदानी बनाएका छन् ।

यसमा द्रुत सिफारिसतर्फ महिलाले ५११ र पुरुषले दुई हजार २२९ गरी जम्मा तीन हजार ३६९ जनाले राहदानी बनाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यस्तै हराएको बिग्रिएको २७५ जनाको रहेको थियो । यस्तै प्रशासनिक दण्ड जरिवानाबापत पाँच लाख ७५ हजार ९१८, संस्था दर्ता तथा नवीकरणबाट दुई लाख नौ हजार ७००, हातहतियार नवीकरण तथा नामसारीबाट ५७ हजार, आकस्मिक लाभकरबाट चार हजार ३६३ गरी कूल रु दुई करोड चार लाख ७५ हजार ७६६ राजश्व सङ्कलन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *