May 15, 2026

मिस तामाङ प्रदेश १ कोउपाधी हिलेकी प्रजितालाई 

0

 

झापा,

शनिबार राति अबेर सम्पन्न मिस तामाङ प्रदेश १ को ताज धनकुटाहिलेकी प्रजिता तामाङले पहिरिएकी छन् ।

नेपाल तामाङ घेदुङ उर्लाबारी मोरङकोआयोजना तथा नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति धनकुटाको सहआयोजनामा हिलेकोखेलमैदानमा भएको ग्राण्ड फिनालेको अन्तिम पाँचमा पर्न सफल प्रजिताले मुख्यनिर्णायकको प्रश्नोत्तरमा उत्कृष्ट हुँदै मिस तामाङ प्रदेश १ को ताज पहिरिएकी हुन् ।

 उनी धनकुटा हिलेकीकी स्पर्धी हुन् । ग्राण्ड फिनालेमा सहभागीप्रदेशका विभिन्न जिल्लाका १३ स्पर्धीलाई पछि पार्दै उनले मिस तामाङको ताज पहिरिएकीहुन् । उनले व्यक्तिगत विधातर्फ पनि तीन वटा पुरस्कारसंगै नगद ३० हजार हात पारिन ।मिस तामाङको उपाधिसँगै प्रजिताले एक थान स्कुटी, नगद २५ हजार र विभिन्न शैक्षिकसंस्थाको छात्रवृत्तिसँगै गिफ्ट ह्याम्पर पाएकी छिन् ।  मिस तामाङ प्रदेश १ को फस्ट रनरअप सुष्मा तामाङ घोषित भइन् ।उनले नगद १ लाखसहित विभिन्न आकर्षक गिफ्ट ह्याम्पर पाइन् ।  त्यस्तै, मिना तामाङले सेकेण्ड रनरअप हुँदै नगद ५० हजारसहितआकर्ष गिफ्ट ह्याम्पर पाइन् ।  विजेताहरुलाई फिनालेको प्रमुख अतिथि पूर्व कानुन मन्त्रीतथा सांसद शेरबहादुर तामाङ, सांसद नविना लामा, युवा व्यवसायी फुर्वा लामा, मनोजबुढाथोकी, रमेश चौधरी, तुल श्रेष्ठ, डा. रामबाबु गिरी, हेयर स्टाइलिस्ट निल डेविडकटुवाल, धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ, उर्लाबारी घेदुङका अध्यक्ष राजु घिसिङ,धनकुटा अध्यक्ष विष्णुबहादुर मोक्तान लगायतले पुरस्कार वितरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *