May 15, 2026

विराज पेन्ट्सले गर्यो डिलरहरुलाई सम्मान

0

विर्तामोड, चितवनका चारजना युवा व्यवसायीको लगानीमा स्वदेशमै उत्पादन गरिएको बिराज पेन्ट्स प्रा. लि.ले मेची अञ्चलका विक्रेताहरुलाई सम्मान गर्नुका साथै उपहार प्रदान गरेको छ ।
शनिबार साँझ विर्तामोडस्थित होटल हेभनका एक समारोहका बीच विक्रेताहरुलाई सम्मान तथा उपहार प्रदान गरिएको हो ।
विराज पेन्ट्सको मेची अञ्चलका लागि आधिकारिक विक्रेता नेरोल्याक टे«डर्सको संयोजनमा आयाजित समारोहका प्रमुख अतिथि विर्तामोड उद्योग वाणिज्य संघका उपाध्यक्ष राजु न्यौपाने र उद्योगको नेपालभरिका मार्केटिङ मेनेजर सन्दीप नेपालले सबै विक्रेताहरुलाई सम्मानपत्र र उपहार विजेतालाई उपहार प्रदान गरेका थिए ।
नेरोल्याक टे«डर्सका सञ्चालक मिलन शिवाकोटीले सञ्चालन गरेको समारोहमा जगदम्बा ट्रेडर्सका सञ्चालक याम संग्रौलालाई मोटरसाइकल उपहार प्रदान गरिएको घोषणा गरिएको थियो भने अन्य डिलरहरुलाई बिक्रीको आधारमा टिभी, कुलर, स्मार्टफोनलगायतका उपहार वितरण गरिएको थियो । जगदम्बा टे«डर्सले २०७५ मा ६१ लख रुपैयाँ बराबरको विराजका उत्पादन बिक्री गरेको थियो । यसैगरी, राजगढका टोपेन्द्र राजवंशी, चारआलीका हरि घिमिरे, बुधबारेका गोपाल सापकोटालगायतका विक्रेतालाई उपहार प्रदान गरिएको थियो ।
अन्तरक्रियात्मक सो कार्यक्रममा अग्रज व्यवसायी, कनकाई उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष युवराज संग्रौलालगायत विक्रेताहरुले विराज पेन्ट्स छोटो समयमै मेची अञ्चलका बजारहरुमा स्थापित हुन सफल भएको उल्लेख गर्दै सुधार गर्नुपर्ने विषयहरुमा चर्चा गरेका थिए ।
मार्केटिङ म्यानेजर नेपालले विक्रेताहरुले राखेका सुझावहरुलाई उद्योगले गम्भीरताका साथ आत्मसात गर्दै सुधार गर्नुपर्ने विषयमा तत्काल सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *